काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका सात वटा संरचना बुधबार र बिहीबार डोजर लगाएर भत्काएको हो ।
कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाका अनुसार बुधबार ६ वटा घर र बिहीबार एउटा सामुदायिक भवन भत्काइएको हो ।उनका अनुसार सार्वजनिक जग्गामा रहेका अन्य केही संरचनाको पनि बिहीबार नापजाँच गरी चिन्ह लगाइएको छ । ती संरचनाका धनीले आफैँ भत्काउने बताए पनि नभत्काए तिहारपछि प्रशासनले डोजर लगाउने तयारी गरेको छ ।
अतिक्रमित संरचना हटाएपछि मन्दिर परिसरमा पैदल मार्ग निर्माण तथा सौन्दर्यकरण गर्ने तयारी गरिएको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।