ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

वैदेशिक रोजगार बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिकका परिवार तथा आफन्तका लागि प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।

बोर्डको १८औं स्थापना दिवसको अवसर पारेर बिहीबारदेखि प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो।वैदेशिक रोजगारीका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तले विमानस्थलमा कुर्नुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्यले उक्त सेवा सुरू गरिएको बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले बताएका छन्।

उप्रेतीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बोर्डले विभिन्न काम गर्दै आएको बताएका छन्।

पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा डिजिटल सामग्रीको पहुँच श्रमिक र समुदायस्तरसम्म पुर्‍याउने काम पनि भइरहेको उनले जानकारी दिए

गन्तव्य मुलुकका सरकारसँग गरिने श्रम सम्झौतामा श्रमिकका हित र सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक सहकार्य र समन्वयको काम भइरहेको उप्रेतीले बताए।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने तथा विभिन्न सीपमूलक तालिम आयोजना र सीप प्रमाणीकरणमा सहायता गर्ने कामलाई थप प्रभावकारी बनाउन आवश्यक काम भइरहेको बोर्डले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय