ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रमा रहेका योग्य सक्रिय सदस्यहरू मध्येबाट मंसिर ४ देखि १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो।

बैठकले यसअघिको निर्वाचन कार्यतालिकामा सामान्य संशोधन गर्दै स्वीकृत सक्रिय सदस्यहरूको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको छ। प्रकाशित नामावलीउपर मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिनेछ।

त्यस्तै, छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको फोटोसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।

यसैगरी, सक्रिय सदस्यताको नयाँ इन्ट्री बुधबार रातिदेखि बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरूले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्नेछ।

सदस्यताको आवेदनमा फोटो छुटेको भए सोही मितिभित्र फोटो उपलब्ध गराउन पनि समितिले आग्रह गरेको छ। तोकिएको समयभित्र रकम नबुझाउने वा फोटो उपलब्ध नगराउने सदस्यको सक्रिय सदस्यता आवेदन अस्वीकृत हुने समितिले जनाएको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले महाधिवेशन प्रतिनिधि छनोटलगायतका प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिए।

राप्रपाले मंसिरमा केन्द्रीय महाधिवेशन गर्दैछ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय