ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा उद्योगपति विनोद चौधरीको पार्टी केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल मिसिल मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा (अभियान फाँट ४ ‘ख’) ले निर्वाचन आयोगलाई पत्राचार गर्दै २०७८ माघ १८ गते आयोगबाट भएको निर्णयसहितको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको हो।

सर्वोच्च अदालतका शाखा अधिकृत श्रीकृष्ण गौतमद्वारा हस्ताक्षरित पत्रमा डा.सुभाषचन्द्र यादव निवेदक र निर्वाचन आयोग विपक्षी रहेको उत्प्रेषणको रिटको पेसी अगावै सक्कल मिसिल पठाउन भनिएको छ।पत्रमा उल्लेख भएअनुसार, प्रस्तुत मुद्दाको आगामी पेशी तोकिएकाले अदालतको आदेशअनुसार सुनुवाइ अघि नै निर्वाचन आयोगले २०७८ साल माघ १८ गते गरेको निर्णय र त्यससम्बन्धी सक्कल फाइल सर्वोच्चमा पेस गर्न आग्रह गरिएको छ।

सर्वोच्चले मुद्दाको पेसी मङ्सिर १० गतेका लागि तोकेको छ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। तर, कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्यको उम्मेदवार बन्न कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै चौधरीलाई उम्मेदवार बनाइएको र विजयी गराइएको भन्दै सोही पदका निकटतम प्रतिद्वन्द्वी डा.सुभाषचन्द्र यादवले विरोध जनाएका थिए।

यादवले चौधरीको उम्मेदवारी र निर्वाचित पद खारेजीको माग गर्दै सुरुमा पार्टीको केन्द्रीय निर्वाचन समिति र पछि निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, निर्वाचन आयोगले २०७८ माघ १८ गते उक्त उजुरीमाथि निर्णय गर्दै यादवको माग दाबी बमोजिम निर्णय गर्न अस्वीकार गरेको थियो।

निर्वाचन आयोगको सोही निर्णयविरुद्ध डा. यादवले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए।

लामो समयदेखि विचाराधीन रहेको यस मुद्दामा सर्वोच्च अदालतले निर्वाचन आयोगको सक्कल निर्णय फाइल मगाएसँगै उद्योगपति चौधरीको केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी कानुनी विवादले पुनः नयाँ मोड लिएको छ। सर्वोच्चले सक्कल मिसिल अध्ययन गरेपछि यस मुद्दामा अन्तिम सुनुवाइ अघि बढाउनेछ।

निर्वाचन आयोग, पार्टी केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर डा.यादवले ०७८ फागुन ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय