ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।तीनै देशका नेताबीच पहिलोपटक हुन लागेको यो त्रिपक्षीय भेटवार्ता चीनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा हुनेछ।

ह्वाइट हाउसले शुक्रबार यसको जानकारी दिएको हो।भेटवार्तामा विश्वमा आणविक हतियारको संख्या घटाउने र आणविक अस्त्रको विस्तार रोक्ने विषय प्रमुख प्राथमिकतामा रहने बताइएको छ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले ट्रम्पले विश्वमा आणविक हतियार घटाउने विषयमा छलफल गर्ने स्पष्ट पारेकी छन्।राष्ट्रपति ट्रम्पले विश्वमा आणविक हतियार घटाउने विषयमा छलफल गर्ने स्पष्ट पार्नुभएको छ। आणविक हतियारको विस्तार निकै खतरनाक रहेको उहाँको बुझाइ छ,’ उनले पत्रकारहरूसँग भनिन्।

विश्वका सबैभन्दा धेरै आणविक हतियार भएका तीन मुलुकका नेताबीच हुन लागेको यो भेटवार्तालाई आणविक हतियार नियन्त्रणका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।अमेरिका र रुसबीच भएको पछिल्लो आणविक हतियारसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएको थियो।

उता चीनले भने आफ्नो आणविक हतियारको भण्डार तीव्र गतिमा विस्तार गरिरहेको छ।यद्यपि, अमेरिकी अधिकारीहरूले यो भेटवार्ताबाटै आणविक हतियारसम्बन्धी नयाँ सम्झौता हुने अपेक्षा नरहेको बताएका छन्।

एक वरिष्ठ अमेरिकी अधिकारीले यसलाई तीन देशका शीर्ष नेताबीच आणविक विषयमा हुन लागेको पहिलो चरणको छलफलका रूपमा व्याख्या गरेका छन्।‘हामी कुनै पनि प्रकारको सम्झौतामा पुग्ने अपेक्षा गरिरहेका छैनौँ। यसलाई यी देशका नेताहरूबीच हुन लागेको पहिलो संवादका रूपमा लिनुपर्छ,’ ती अधिकारीले भने।

उनका अनुसार यो भेटवार्ता भविष्यमा फलदायी संवाद अघि बढाउने सुरुवात हुन सक्छ।आणविक हतियारबाहेक तीन देशका नेताबीच इरानको विषयमा पनि छलफल हुने अमेरिकी अधिकारीहरूले बताएका छन्।

यसैबीच, ट्रम्पको चीन भ्रमणमा अर्बपति उद्यमी इलन मस्क पनि सहभागी हुने अपेक्षा गरिएको छ।तर उनी तीन देशका नेताबीच हुने त्रिपक्षीय भेटवार्तामा भने सहभागी नहुने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन्।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  ०९:५१

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय