कैलाली प्रहरीले चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।बझाङको छबिस पाथिभेरा गाउँपालिका– ३ का ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका– ३ की ४७ वर्षीया सीतादेवी चौधरी पक्राउ परेका हुन्।
कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार धनगडी उपमहानगरपालिका– ४ को नयाँराम होटेल नजिकै बाट उनीहरु शुक्रबार पक्राउ परेका थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३ ११:१५
पाठक प्रतिक्रिया
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।
✓ 0 स्वीकृत प्रतिक्रिया