ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज एउटा खेल हुँदैछ।त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ।दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दैछन्।लुम्बिनीले प्लेअफमा स्थान बनाइसकेको छ।

उसले खेलेको ६ खेलमध्ये चार खेलमा जित र एक खेलमा अंक बाड्दै तालिकामा ९ अंक जोडेर दोस्रो स्थानमा छ।त्यसकारण आज ऊ दबाबरहित हुँदै मैदान ओर्लने छ।

बिराटनगरका लागि भने प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ।विराटनगर ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।उसले आजको खेल जितेर मात्रै पुग्दैन।लिगका बाँकी खेलको नतिजाले पनि विराटनगर प्लेअफमा पुग्ने नपुग्ने तय गर्नेछ।

लिग चरणका पूरै सात खेल खेलिसकेको सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज तथा विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ। चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा छन्।

काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ। तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ।अझ विराटनगरका लागि जित निकालेर मात्र पुग्दैन बाँकी दुई टोलीको हारको कामना गर्नु पर्नेछ।

अन्तिम खेलमा चितवनले कर्णाली याक्स तथा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन्।तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ। आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  ०७:५४

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय