ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो ।पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्दथे । हाल उक्त बाटोमा मानिसको हिँड्डुल बन्द भए पनि पुरानो बाटोका डोबहरू अझै बाँकी रहेका स्थानीय बताउँछन्स्थानीय शिक्षक रामग्याल्बो घलेका अनुसार परापूर्वकालमा भोट (तिब्बत) बाट नुन साट्न बेँसी झर्ने मुख्य मार्ग यही थियो । “मैले थाहा पाउँदासम्म यही बाटो धेरै पटक हिँडेको छु । तत्कालीन राजा वीरेन्द्र पनि यही बाटो भएर हिँड्नुभएको थियो”, घलेले भने, “राजमार्ग बनेपछि पुरानो बाटो सुनसान भयो र गुफा पनि ओझेलमा पर्‍यो ।”

तामाङ भाषामा ‘साङतोरमो’ भनिने यस गुफाको नामाकरण बौद्ध भिक्षुणी (आनी)सँग जोडिएको छ । स्थानीय जानकार घलेका अनुसार यो गुफा रामायणकी सीतासँग नभई बौद्ध (लामा) धर्मग्रन्थको अनुशरण गर्दै शान्तिको खोजीमा तपस्या गर्न आएकी आनी सीतासँग सम्बन्धित छ ।“परापूर्वकालमा गुरु रिम्पोछेका चेलीहरू डोल्मा, सोनाम र सीता गरी तीन जना भिक्षुणीले यस गुफामा बसेर ध्यान तथा तपस्या गरेको किंवदन्ती छ । ध्यानपछि गुफाको सिरानमा बसेर घाम ताप्ने र दर्शन गर्न आउने भक्तजनलाई आशीर्वाद दिने गरिन्थ्यो भन्ने यहाँका ज्येष्ठ नाथरिक बताउँछन्”, उनले भने ।

गुफाभित्र ढलान गरेजस्तो चिल्लो ढुङ्गाको भित्तामा लामा लिपिमा लेखिएका अक्षरहरू अझै देख्न सकिन्ने घलेले जानकारी दिए । उनका अनुसार गुफा वरपर तत्कालीन समयमा भिक्षुणीहरूले प्रयोग गरेका ढिकी, हलो, ओदान, मान्द्रोलगायत सामग्रीहरू अझै सुरक्षित छन् ।

तामाङ समुदायको बसोबास रहेको बोकेझुण्डाको नामाकरणसँग राणाकालीन इतिहास जोडिएको छ । जङ्गबहादुर राणाको पालामा गोसाइँकुण्ड जाने क्रममा उनका सेनाले बाटोमा भेटिएको बाघलाई मारेर त्यहाँको करिब ५०० वर्ष पुरानो चाँपको रुखमा झुण्ड्याएका थिए । सुरुमा ‘बाघझुण्डा’ भनिए पनि पछि बोलिचालीको भाषामा अपभ्रंश हुँदै ‘बोकेझुण्डा’ रहन गएको स्थानीय बताउँछन् ।

उक्त ऐतिहासिक चाँपको रुख गत असार ६ गते आफैँ ढलेको घलेले जानकारी दिए । सोही स्थानमा काठमाडौँको हनुमानढोकाबाट १९ कोषको दूरीमा रहेको व्यहोरा उल्लेखित शिलालेख अझै जीवन्त छ । काठमाडौँबाट ११३ किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा २०७२ सालको भूकम्पले पुराना शैलीका घरहरू भत्काएपछि स्थानीय बासिन्दा राजमार्ग छेउछाउ बसाइँ सरेका छन् ।

स्थानीय सरकार गठन भएपछि गाउँको मौलिक संस्कृति, कृषि र ऐतिहासिक सम्पदाको संरक्षण हुने अपेक्षा गरिए पनि कसैले चासो नदिएको स्थानीय माछा पालक कृषक ल्वाङ ग्याल्बो घलेको गुनासो छ । “गाउँ-गाउँमा सिंहदरबार आयो भनिन्छ, तर यस्ता ऐतिहासिक धरोहरको संरक्षणमा कसैको ध्यान गएको छैन”, उनले भने ।

सरकारी निकायले बवास्ता गरेपछि स्थानीय शिक्षक राम घलेको नेतृत्वमा सात जना युवाको समूहले गुफाको सरसफाइ गर्ने, झाडी फाँड्ने र यसको महत्वलाई प्रचारप्रसार गरी भावी पुस्तासम्म जोगाइराख्ने योजना बनाएका छन् ।

धार्मिक आस्थाको केन्द्र छङगमदेवीभन्दा करिब डेढ किलोमिटर तल रहेको यस गुफालाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने स्थानीयको विश्वास छ ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय