ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री बालेन मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाँदैछन् ।मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सेवा सञ्चालन हुनेछ।

रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरु हुन लागेको यो रेल सेवाले दुई देशबीचको जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तत्कालका लागि रेल सेवा हप्तामा एक पटक मात्र सञ्चालन हुनेछ। जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरका लागि सेवा सञ्चालन गरिनेछ।

रेलले जनकपुरदेखि गोरखपुर हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरी अयोध्या धाम पुग्नेछ।रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर स्टेशन पर्नेछन्।

भारतको रेलवे मन्त्रालयले जनकपुर माता सीताको जन्मभूमि र अयोध्या भगवान रामको जन्मभूमि भएकाले दुई पवित्र तीर्थस्थलबीचको सम्पर्क विस्तारलाई विशेष महत्व दिएको जनाएको छ।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा रहँदा भारतीय पक्षले १७ कोचको रेल सञ्चालनको परीक्षण गरेको थियो।उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो।

नेपाल पक्षले आफ्नै व्यवस्थापनमा सञ्चालनको तयारी पूरा नगरेसम्म भारतीय रेलले नै उक्त सेवा सञ्चालन गर्ने सहमति दुई देशबीच भएको छ।प्रारम्भिक चरणमा रेल सञ्चालन भारतीय पक्षले गर्ने भएकाले टिकट दरसमेत भारतीय पक्षले नै निर्धारण गर्ने जनाइएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय