ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

इसराइलले दक्षिणी गजाको खान युनिस क्षेत्रमा गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमान्डर समिर अबु युनिस मारिएका छन्।हमासले शनिबार आफ्ना रफाह ब्रिगेड कमान्डर युनिस मारिएको पुष्टि गरेको कतारी मिडिया अल जजिराले जनाएको छ।

अलजजिराका अनुसार इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै खान युनिसमा ड्रोन आक्रमण गरी हमासका एक वरिष्ठ सैन्य कमान्डरलाई निशाना बनाएको बताएका थिए।

खान युनिसको अल-मवासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरू बस्दै आएको पाललाई लक्षित गरी आक्रमण भएको थियो।उक्त घटनामा दुई जना घाइते भएका छन्। घाइतेहरूलाई खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा लगिएको थियो।

अलजजिराले प्रमाणित गरेको घटनास्थल नजिकैको भिडिओमा अस्पताल परिसरभित्र एम्बुलेन्स र रगत लागेको देखिने स्ट्रेचरहरू देखिएका छन्भूमध्यसागरको तटीय क्षेत्रमा रहेको अल-मवासीमा विस्थापित प्यालेस्टिनीहरू पाल टाँगेर बस्दै आएका छन्।इसराइलले यस क्षेत्रलाई यसअघि मानवीय सहायता क्षेत्र घोषणा गरेको भए पनि पटकपटक आक्रमण गर्दै आएको छ।

गजामा मृत्यु हुनेको सङ्ख्या बढ्दै

गजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा इसराइली आक्रमणमा १६ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा यस्तो उल्लेख छ।

सन् २०२५ अक्टोबर ११ मा गजामा युद्धविराम लागू भएयता इसराइली आक्रमणमा कम्तीमा एक हजार ६४३ प्यालेस्टिनी मारिएका छन् भने पाँच हजार ९६४ जना घाइते भएका छन्।

भग्नावशेषमुनिबाट कम्तीमा ८५० जनाको शव निकालिएको मन्त्रालयले जनाएको छ।सन् २०२३ अक्टोबरमा गजामा इसराइलले सैन्य कारबाही सुरु गरेयता मृत्यु हुनेको संख्या ७४ हजार ६९५ पुगेको छ।

त्यस्तै, एक लाख ७६ हजार ९३ जना घाइते भएको अलजजिराले जनाएको छ।यसैबीच, चिसोका कारण गजामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।यस जाडोयाममा हाइपोथर्मिया (शरीरको तापक्रम अत्यधिक घट्ने अवस्था) का कारण नौ महिनाका एक शिशुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इसराइली आक्रमणका कारण अधिकांश विस्थापित भएका गजाका बासिन्दा अहिले पनि पाल र क्षतिग्रस्त भवनमा बस्न बाध्य छन्।पछिल्लो समय परेको भारी वर्षाले उनीहरूका अस्थायी आवासमा पानी पसेपछि थप कठिनाइ भएको छ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०८:५०

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय