ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरू हुँदैछ।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तयारी छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, यसअघि केन्द्रीय सदस्यहरूलाई काम गर्न चाहेका क्षेत्रबारे खुलाउन दिइएको फारम, हामी तयार छौं अभियानलगायत विषयमा छलफल हुनेछ।

कांग्रेसले शपथकै बेला केन्द्रीय सदस्यहरूलाई आफूले काम गर्न चाहेको क्षेत्रबारे खुलाउन र योजना पेस गर्न निर्देशन दिएको थियो। साथै ‘हामी तयार छौं’ अभियान मंसिर १ गतेदेखि चलिराखेकोले त्यसको बारेमा पनि छलफल हुने उनले जानकारी दिए।

कांग्रेसले आजदेखि सुरू हुने बैठकमा केन्द्रीय सदस्यहरूलाई पनि धारणा राख्न समय दिने भएको छ। त्यसकारण केन्द्रीय समिति बैठक चार-पाँच दिनसम्म चल्ने सम्भावना छ।

असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशनबाट २३१ जना निर्वाचित भएर आइसकेका छन्।

४ सहमहामन्त्रीसहित ६६ केन्द्रीय सदस्य मनोनीत गर्न भने बाँकी छ। सभापति गगन थापाले केन्द्रीय सदस्यमध्येबाट यी पद मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै पनि पदमा मनोनीत गरेका छैनन्।

प्रवक्ता र सहप्रवक्ताहरू पनि तोकिएको छैन।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०९:५२

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय