क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही दिन अघि बोड अध्यक्षका लागि आवेदन मागेको थियो । मन्त्रालयले तोकेको असोज ७ गते बुधबारसम्मको अन्तिम म्यादभित्र निर्देशक, कलाकार, अभिनेत्रीदेखि चलचित्र पत्रकारसम्मले अध्यक्ष पदका लागि दाबी पेस गरेका हुन् ।

आवेदन परेका १२ जनाको नाम अहिले गोप्य राखिएको छ । मन्त्रालय स्रोतका अनुसार बोर्ड अध्यक्षका लागि आवेदन दिनेमा जया ओझा, भीमा मैनाली, नरेश पौडेल, नरेशकुमार केसी, निशा अधिकारी, मनिष पण्डित लगायत रहेका छन् । आवदेन दिने सबै योग्यता र मापदण्ड पुगे नपुगेको छानबिन प्रक्रियापछि मात्र सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ । केही आवेदकको फर्म मात्र आएको र अन्य डकुमेन्ट नबुझाएकाले सर्टलिष्टमा केही छाटिन सक्ने मन्त्रालयले बताएको छ ।

अध्यक्ष छनोट प्रक्रियालाई अघि बढाउन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरेको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र वरिष्ठ चलचित्रकर्मी अशोक शर्मा सदस्य रहेका छन् ।

दरखास्त दिएका १२ जनाको आवेदन अध्ययन तथा छनोट प्रक्रिया अघि बढाउन आज समितिको बैठक मन्त्रालयमा बस्दैछ । विगतका अभ्यास र नयाँ आवश्यकतालाई समेटेर अध्यक्ष छनौटका लागि कार्यविधि तथा मापदण्ड बनाइएकोछ । सुरुवाती चरणमा केही व्यक्तिलाई मात्र ‘सर्टलिस्ट’ गरेर ५ जनालाई अन्तर्वार्तामा बोलाउने अनौपचारिक छलफल भएपनि सबै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्तामा सामेल गराउनुपर्ने पक्षमा आफू रहेको समितिका सदस्य अशोक शर्माले बताए ।

‘सुरुमा ५ जनालाई मात्र सर्टलिस्ट गर्ने कुरा पनि चलेको थियो । तर, चलचित्रकर्मीहरू अलि बढी संवेदनशील हुने भएकाले कसैलाई नबुझीकनै पन्छाइदियो भन्ने नपरोस् भनेर मैले सबैलाई अवसर दिनुपर्छ भन्ने सोच बनाएको छु’, समितिका सदस्य शर्माले भने ‘आजको बैठकमा म सबै आवेदकलाई प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाउने प्रस्ताव राख्नेछु ।’

शर्माका अनुसार आवेदकहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण (प्रेजेन्टेसन) दिनुपर्नेछ र त्यसपछि समितिले उनीहरूको अन्तर्वार्ता लिनेछ । आवेदन परेकाहरूको योग्यता, कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्याङ्कन पश्चात् समितिले उपयुक्त व्यक्तिको नाम बोर्ड अध्यक्षका लागि मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...

भारी वर्षापछि बैंककका सबै जिल्लामा विपद् घोषणा

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा...

कालीगण्डकीमा बढ्दो बहाव, मोदीवेणीमा चेतावनी तह पार

बागलुङ । निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव...

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् ।...

दर्ता प्रमाणपत्र भाडामा दिएर फार्मेसी चलाउने प्रवृत्ति बढ्दो

काठमाडौँ । नेपाल फार्मेसी परिषद्को पछिल्लो तथ्याङ्क अनुसार हाल देशभर फर्मासिस्टको सङ्ख्या आठ हजार ५६३...
लोकप्रिय