क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्।

भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, रामेछाप, ओखलढुंगालगायत जिल्लामा अधिवेशनका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।मौसम विभागलगायत विभिन्न निकायले केही दिन अझै वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेका थिए।

यसलाई ध्यानमा राख्दै कांग्रेसले असोज १० गतेका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ।

मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० मै निर्वाचन गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको छ।

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन गर्दैछ।त्यसअघि वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन अधिकांश ठाउँमा भइसकेको छ। गोरखालगायत कतिपय जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय