क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा सुरक्षा, विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा परम्परागत व्यापारिक र सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने विषयमा छलफल भएको हो।

बैठकमा सीमावर्ती नेपाली नागरिकले तिब्बत प्रवेश गर्दा भोग्दै आएको आवतजावतको समस्या समाधान गर्न र उपयुक्त नाकाबाट प्रवेश तथा फर्किन पाउने व्यवस्था गर्न नेपाली पक्षले माग गरेको छ। यस्तै, कैलाश–मानसरोवर यात्रालाई सहज बनाउने तथा धार्मिक प्रयोजनका लागि मानसरोवरको जल ल्याउन विशेष अनुमति दिनुपर्ने विषय पनि उठाइएको छ।

नेपाल र तिब्बत क्षेत्रमा रहेका हिमतालको अवस्था अध्ययन गर्ने तथा हिमताल विस्फोट, बाढीपहिरो र अन्य विपद् तथा सीमा सुरक्षासम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने सहमति भएको छ। यसका लागि दुवै पक्षबीच सूचना आदानप्रदान गर्न ‘विच्याट ग्रुप’ समेत बनाइएको सहभागीहरूले बताएका छन्।

बैठककै अवसरमा हुम्लाको नाम्खा गाउँपालिका र पुलान काउन्टीबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ। बझाङको साइपाल गाउँपालिका र पुलान काउन्टीबीच पनि आगामी वर्ष भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ।

नेपाली पक्षले बझाङको उरै नाका सञ्चालनमा ल्याउन सके कैलाश–मानसरोवर जाने पर्यटकका लागि थप मार्ग खुल्ने र सीमावर्ती क्षेत्रमा पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विषय पनि बैठकमा राखेको थियो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...
लोकप्रिय