क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा ठूलो क्षति पुगेको छ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीका किसान लोकबहादुर चौधरीको करिब १० कट्ठामा लगाइएको ‘६०६’ जातको मोटो धान खेतमै ढलेको छ।केही दिनमा काट्ने तयारी गरिएको धान वर्षाले ढालेपछि खेतमै उम्रिने चिन्ता व्यक्त गर्दै चौधरीले भने, ‘अब केही दिनमा धान काट्ने तयारी गर्दै थियौँ तर निरन्तर परेको वर्षाले धान बालीमा क्षति पुगेको छ।

पानी परिरहेकाले तत्काल कुनै उपाय नभएको भन्दै उनले ढलेको धान नउम्रिओस् भन्ने कामना मात्र गर्न सकेका छन्। उनी जस्तै आसपासका अन्य किसानको धान बालीमा पनि वर्षाले क्षति पुर्‍याएको छ। खजुरा गाउँपालिकामा पनि पाकेको धान खेतमा ढलेर क्षति भएको छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सुजिता शर्माका अनुसार वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन कार्य केही दिनमा सुरु गरिनेछ। मलको अभावले गाँज नलागेका र राधा–४ लगायत मोटो धानका बाली खेतमा ढलेको हुन सक्ने उनले अनुमान गरेकी छन्। ज्ञान केन्द्रले वर्षाले पुर्‍याएको धान बालीको क्षतिको विवरण सङ्कलन गर्न जिल्लाका स्थानीय तहहरूलाई समेत आग्रह गरेको छ।

निरन्तरको वर्षाका कारण सम्भावित बाढी, डुबान र वर्षाजन्य विपद्बाट पशुपन्छी तथा बालीनालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न खजुरा गाउँपालिकाले कृषकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सूचना जारी गर्दै बाढी तथा डुबानको जोखिम भएका स्थानका पशुपन्छीलाई समयमै सुरक्षित र उच्च स्थानमा सार्न, गोठको अवस्था जाँच गरी पानीको निकास मिलाउन र सुक्खा घाँस, दाना, पराल तथा सफा खानेपानी सुरक्षित रूपमा भण्डारण गर्न आग्रह गरेका छन्।

यसका साथै दूषित पानी र कुहिएको दाना नखुवाउन, विद्युतीय तारबाट पशुपन्छीलाई टाढा राख्न र बिरामी पशुपन्छी देखिएमा तत्काल पशु सेवा शाखामा सम्पर्क गर्नसमेत पालिकाले सूचनामार्फत अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय