ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा बसेर खाइरहेका मानिसलाई वरिपरि के हुँदैछ भन्ने खासै चासो छैन।अचानक नदीबाट एउटा अनौठो जीव निस्किन्छ र मानिसहरूमाथि आक्रमण गर्न थाल्छ।

केही क्षणमै रमाइलो गरिरहेको नदी किनार भागदौड र त्रासको दृश्यमा बदलिन्छ। मानिसहरू ज्यान जोगाउन दौडिरहेका हुन्छन्, तर त्यो जीव असाध्यै छिटो छ।यहीँबाट सुरू हुन्छ दक्षिण कोरियाली निर्देशक बङ जुन–होको फिल्म ‘द होस्ट’।

सन २००६ मा रिलिज यो फिल्मको कथा हान नदी किनारमा सानो खाना पसल चलाउने गाङ–दु र उनको परिवार वरिपरि घुम्छ। गाङ–दुकी छोरी ह्योन–सो पनि त्यस दिन नदी किनारमै हुन्छिन्।

अचानक आएको त्यही जीवले उनलाई समातेर लिएर जान्छ।छोरी हराएपछि परिवार उनलाई खोज्न निस्किन्छ।

तर समस्या राक्षससम्म मात्र सीमित हुँदैन। सरकारले उक्त जीवबाट कुनै घातक भाइरस फैलिएको हुन सक्ने भन्दै नदी आसपासको क्षेत्र बन्द गर्छ। मानिसहरूलाई क्वारेन्टिनमा राखिन्छ। परिवारले छोरी खोज्नुपर्ने हुन्छ, तर उनीहरू आफै पनि सरकारी नियन्त्रणबाट उम्किनुपर्ने अवस्थामा पुग्छन्।

यसरी ‘द होस्ट’ एउटा राक्षससँगको लडाइँ मात्र नभएर परिवारको खोजी र संघर्षको कथा बन्छ।फिल्मको रोचक पक्ष के हो भने यसमा डर र हास्यलाई निकै अनौठो ढंगले मिसाइएको छ। एउटा दृश्यले आतंकित बनाइरहेको हुन्छ, अर्को दृश्यले त्यही तनावबीच हँसाउन सक्छ।

निर्देशक बङ जुन–होले राक्षसको कथामार्फत वातावरणीय प्रदूषण र सरकारी संयन्त्रप्रति पनि व्यंग्य गरेका छन्। हान नदीमा रसायन फालिएको घटनाबाट जीवको उत्पत्तिको पृष्ठभूमि बनाइएको छ। यही कारण फिल्ममा राक्षस केवल डर देखाउने पात्र भएर सीमित हुँदैन; त्यसले मानिसको आफ्नै लापरबाही र त्यसको परिणामतर्फ पनि संकेत गर्छ।

करिब दुई दशकअघि बनेको भए पनि ‘द होस्ट’ को कथा आज पनि ताजा लाग्नुको कारण यही हो। ठूलो राक्षस, भागदौड र एक्सनसँगै फिल्मले एउटा परिवारको भावनात्मक कथा पनि बोकेको छ।

हेर्नुस् द होस्ट अंग्रेजीमा। 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय