क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
आइतबार, 27 सेप्टेम्बर 2026

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा,  गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेस प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

मौसम नसुध्रिएसम्म धान नकाट्न किसानलाई मौसम विभागको आग्रह

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न...

अक्टोबरमा हेर्न लायक १२ फिल्म : टम क्रुजको ‘डिगर’ देखि शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ सम्म

अक्टोबरमा विभिन्न विधाका नयाँ फिल्म प्रदर्शन हुँदैछन् । टम क्रुजको व्यंग्यप्रधान ‘डिगर’, कोलिन हुभरको उपन्यासमा...

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट २२ वर्षीया रूबी सिटौला युवा महिलातर्फ...

स्पेनसँग इंग्ल्यान्डको रोमाञ्चक हार, वेम्बलीमै ३–२ को नतिजा

इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।...

बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण...

देशभर तीन मनसुनी वायुको असर, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
लोकप्रिय