ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।

खेल सुरु भएको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। इंग्ल्यान्डका मार्क गुएहीको गल्तीको फाइदा उठाउँदै यामालले गोल गरेका हुन्।

तर घरेलु टोलीले पहिलो हाफमै खेल उल्टायो। ३६औँ मिनेटमा एन्थोनी गोर्डनले जुड बेलिङघमको पासमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याए। त्यसको चार मिनेटपछि ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा भने स्पेनले उत्कृष्ट पुनरागमन गर्‍यो। ५५औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पाए पनि केनले त्यसलाई गोलमा परिणत गर्न सकेनन्। बेलिङ्घमलाई रोड्रीले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त अवसरमा केनले प्रहार गर्दा बल बारमा लाग्यो।

त्यसको पाँच मिनेटपछि ६०औँ मिनेटमा एलेक्स बाएनाले गोल गर्दै स्पेनलाई २–२ को बराबरीमा ल्याए। इंग्ल्यान्डका निको ओ’राइलीले बल गुमाएपछि स्पेनले त्यसको फाइदा उठाएको थियो।

खेल सकिन १६ मिनेट बाँकी रहँदा मिखेल ओयार्जाबालले निर्णायक गोल गरे। उत्कृष्ट पासिङपछि उनले गोलरक्षक जेम्स ट्राफोर्डमाथिबाट बल चिप गर्दै स्पेनलाई ३–२ को जित दिलाए।

यस जितसँगै स्पेनको अपराजित यात्रा ३९ खेलसम्म पुगेको छ। इंग्ल्यान्डले भने आफ्नै गल्तीका कारण खेल गुमाएको हो।वेम्बलीमा ८४ हजार ५२५ दर्शक उपस्थित थिए। इंग्ल्यान्डले अब मंगलबार चेक रिपब्लिकको सामना गर्नेछ भने स्पेनले सोही दिन क्रोएसियासँग खेल्नेछ।

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०६:४३

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय