काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखासमितिको हलमा बैठक सुरु भएको हो। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टीका दुई÷दुई जना सहभागी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति लगायत विषयलाई लिएर विपक्षी दलहरुले निरन्तर रुपमा संसद बैठक अवरोध गर्दै आएको बेला सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
संसदमा सत्तापक्ष–प्रतिपक्षबिच छेडखानी तथा आरोप–प्रत्यारोप चल्दा बैठक प्रभावित हुदै आएको छ । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन्।
सर्वदलीय बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारीसमेत दिने उद्देश्य रहेको बताइएको छ।
