क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

 

बाँके— माननीय खगेन्द्र सुनारले मंगलबार नेपालगन्जमा अवस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थलगत तथा नीतिगत अवस्थाबारे जानकारी लिएका छन् । विश्वविद्यालयमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा जग्गा प्राप्ति, नीतिगत जटिलता तथा स्थायी दरबन्दीसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा माननीय सुनारले आफू निर्वाचित बाँके क्षेत्र नं.–३ मा विश्वविद्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै यससँग सम्बन्धित सबै कामलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले विश्वविद्यालयको दीर्घकालीन विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न आफु तयार रहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्मको समग्र अवस्थाबारे जानकारी गराउँदै विकासका प्रयास र चुनौतीहरू प्रस्तुत गरेका थिए । हालसम्म विश्वविद्यालयको आफ्नै भवन नभएकाले अस्थायी रूपमा शैक्षिक विस्तारमा कठिनाइहरू देखिएको बताए ।

त्यसैगरी, डिन डा. निरज के.सी.ले प्रदेश सरकारले विश्वविद्यालयलाई गौरवको योजनामा समावेश गरे पनि अस्पष्टताका कारण आवश्यक जग्गा प्राप्त गर्न समस्या भइरहेको बताएका थिए । उनले समयमै नीति सुधार नभए शैक्षिक विकास प्रक्रियामा थप अवरोध आउन सक्ने संकेत गरे ।
त्यस्तै विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरेले विश्वविद्यालयमा कृषि, पर्यटनलगायतका संकाय थप गर्न सके शैक्षिक दायरा विस्तार हुने र क्षेत्रीय आवश्यकतासमेत सम्बोधन हुने बताए । साथै उनले विश्वविद्यालय स्थापना गर्दा स्थायी दरबन्दीको निर्क्योल गर्नुपर्ने धारणा राखेका थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय