जापान : नेपालका कराते खेलाडी तेन्जिङ शेर्पाले २०औँ एसियाली खेलकुदमा कास्य पदक जितेका छन्
पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा उनले कांस्य पदक जितेका हुन्। सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ०–५ ले पराजित भएका तेन्जिङले कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा लाओसका भाथाना सायासनलाई ९-१ ले पराजित गर्दै नेपालका लागि कास्य पदक सुनिश्चित गरे।
यो जारी २० औं एसियाली खेलकुदमा नेपालले जितेको पहिलो पदक हो।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।