क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

पोखरा । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोका कारण गण्डकी प्रदेशका विभिन्न सडकहरूमा यातायात अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्गसहित १६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधनहरू बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम तथा जोमसोम–कोरोला सडकखण्डमा समेत यातायात सेवा ठप्प भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ कालोभिरमा लगातार ढुङ्गा खसेर बाटो रोकिएको छ । सोही खण्डमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ सेल्फीडाँडामा लेदोसहितको भेल आएपछि जोमसोम–कोरोला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।त्यस्तै, थासाङ गाउँपालिका ४ काप्रेभिरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड ठप्प भएको छ । उता मनाङको नासो गाउँपालिका ३ खोत्रोमा पहिरो जाँदा चामेदेखि बेँसीसहर सडकखण्ड अवरुद्ध बनेको छ ।

म्याग्दीको बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खस्दा बेनी दरबाङ सडक अवरुद्ध छ भने रघुगंगा २ बैसरी र अन्नपूर्ण ३ सुकेवगरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड बन्द भएको छ । बागलुङको निसिखोला ४ कानाबागरमा पहिरोले मध्यपहाडी लोकमार्ग र जैमिनी ८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका ८ फर्से र लस्तिमा सडकमा रुख ढलेपछि बेनी बागलुङ सडक दुवैतर्फ रोकिएको प्रहरीले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ८ स्याउलीबजारमा मोदी खोलाको बहाव बढेर सडक कटान गर्दा नयाँपुलबाट घान्द्रुक जोड्ने सडकखण्ड फेरि अवरुद्ध भएको छ । यहाँ यसअघि पनि सडक बगेर सडक अवरुद्ध भएको थियो । लामो समय मर्मत गरेपछि अस्थायी यातायात सुरु भएकोमा फेरि सडक बगेको हो । कास्कीकै रुपा गाउँपालिका ३ खाल्टे खोलामा पानीको बहाव बढ्दा पोखरा आउने भित्री सडकखण्ड बन्द छ ।

स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरुद्ध भएको छ । तनहुँको ऋषिङ ८ मा पहिरोका कारण श्रृङ्गगापथ मार्ग अवरुद्ध छ । यसैगरी, नवलपुरको हुप्सेकोट ४ पाङ्ग्रोमा पहिरो जाँदा दलदलेबाट पाल्पा जोड्ने सडक र बुलिङटार ६ घुमाउरी घाटमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।

सुरक्षा निकायको टोलीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहे पनि लगातारको वर्षा र पहिरो खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । प्रशासनले मौसम सामान्य नभएसम्म विपद् जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...

भारी वर्षापछि बैंककका सबै जिल्लामा विपद् घोषणा

बैंकक । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा...

कालीगण्डकीमा बढ्दो बहाव, मोदीवेणीमा चेतावनी तह पार

बागलुङ । निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव...

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् ।...

दर्ता प्रमाणपत्र भाडामा दिएर फार्मेसी चलाउने प्रवृत्ति बढ्दो

काठमाडौँ । नेपाल फार्मेसी परिषद्को पछिल्लो तथ्याङ्क अनुसार हाल देशभर फर्मासिस्टको सङ्ख्या आठ हजार ५६३...

काठमाडौं र पूर्वी भूभागमा भारी वर्षा नहुने, पश्चिमी क्षेत्रमा भोलिदेखि मौसम सुधार हुने

काठमाडौं लगायत पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ।बुधबारदेखि लगातार भएको वर्षा आजदेखि पूर्वी भूभागबाट...
लोकप्रिय