ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । ‘म्याग्नेसियम’ यस्तो पोषक तत्त्व हो जसले मांसपेशी चलाउन, नसाहरूलाई सङ्केत दिनदेखि मुटुको धड्कनलाई नियमित रूपले सञ्चालन गर्न मद्दत गर्छ।

यति मात्र होइन, शरीरका सयौँ रासायनिक प्रतिक्रियामा म्याग्नेसियमको महत्त्वपूर्ण भूमिका हुन्छ।यस लेखमा हामी यति महत्त्वपूर्ण पोषक तत्त्व र यसको आवश्यकतालाई बुझ्नेछौँ। साथै, यसको कमी हुँदा देखिने लक्षणहरूबारे पनि जानकारी लिनेछौँ।

म्याग्नेसियमको काम के हो ?

  • मांसपेशीलाई खुम्चिन र आरामको अवस्थामा आउन मद्दत गर्छ।
  • नसाहरूबिच सन्देश प्रवाह गर्न सहयोग गर्छ।
  • हड्डीको मजबुती तथा क्याल्सियम र भिटामिन डीलाई सन्तुलनमा राख्न सहयोग पुर्‍याउँछ।
  • मुटुको धड्कन र रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ।

म्याग्नेसियम कमी हुँदा देखिने लक्षणहरू

  • मांसपेशी बाउँडिने, कक्रक्क पर्ने वा ऐँठन भएको महसुस हुने।
  • मांसपेशी कमजोर भएको महसुस हुने।
  • थकान लाग्ने वा शरीरमा ऊर्जाको कमी हुने।
  • हातखुट्टा लाटो हुने वा झमझमाउने महसुस हुने।
  • मुटुको धड्कन अनियमित हुने।

यी कारणले पनि म्याग्नेसियमको कमी हुन सक्छ

  • उच्च रक्तचाप
  • टाइप २ मधुमेह
  • अत्यधिक मद्यपान
  • केही विशेष प्रकारका औषधिहरूको नियमित सेवन
  • पाचनसम्बन्धी समस्या
  • बढ्दो उमेर

यी खानेकुराबाट पाइन्छ प्रशस्त म्याग्नेसियम

  • पालुङ्गो जस्ता हरिया सागपात
  • बदाम (नट्स) तथा गेडागुडी/बिउबिजन
  • साबुत अन्न (सिङ्गो वा नफलेको अन्न)
  • सिमी, दाल र अन्य गेडागुडी

यस्तो अवस्थामा ‘सप्लिमेन्ट’ लिन सल्लाह दिइन्छ

  • यदि दैनिक खानपानबाट मात्र म्याग्नेसियमको कमी पूरा हुन नसकेको अवस्थामा।
  • रगत परीक्षणको रिपोर्टमा म्याग्नेसियमको स्तर कम देखिएमा।
  • डाक्टरको सल्लाहमा मात्र सप्लिमेन्ट प्रभावकारी हुन्छ

तपाईंलाई डाक्टरले नै म्याग्नेसियम सप्लिमेन्ट लिन सल्लाह दिएको अवस्थामा मात्र यसको सेवन गर्नुपर्छ; विशेषगरी तपाईंलाई अन्य स्वास्थ्य समस्याहरू पनि छन् भने जथाभाबी औषधि खानु हुँदैन।

यस्ता व्यक्तिहरूले सावधानी अपनाउनुपर्छ

  • यदि मिर्गौलासम्बन्धी कुनै रोग छ भने।
  • पहिलेदेखि नै कुनै औषधि सेवन गरिरहनुभएको छ भने।
  • कुनै पुरानो वा दीर्घकालीन रोग छ भने।

म्याग्नेसियमको अत्यधिक मात्राले यस्ता समस्या निम्त्याउन सक्छ

  • पखाला लाग्ने
  • वाकवाकी लाग्ने
  • पेट दुख्ने

यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुहोस्

  • समस्या कम हुनुको साटो झन् बढ्दै गइरहेको अवस्थामा।
  • पहिलेदेखि नै कुनै रोग लागेको अवस्थामा।
  • सप्लिमेन्ट सेवन गर्ने विषयमा कुनै अन्योल उत्पन्न भएमा।
  • एकभन्दा बढी प्रकारका सप्लिमेन्ट सेवन गरिरहेको अवस्थामा।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय