ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

बाँकेको कोहलपुरमा चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा चौँथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको हो । कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन हुने प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे । चौँथो कोहलपुर गोल्डकप–२०८३ को पहिलो दिन उद्घाटन खेल भयो । खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी भएको छ । खेलमा आयोजक रेसिङ साहारा क्लबले २–१ गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो । प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबका लागि पेपे र फागुराम थारुले गोल गरे ।

 

क्लबका लागि पहिलो गोल जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले गरेका थिए । यस्तै जर्सी नम्बर ११ का फागुराम चौधरीले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा केही अवसरहरु पाएपनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सफल भएन ।
त्यस्तै दोस्रो हाफमा पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो । पञ्चकोशीले खेलको ८७ मिनेट ५२ सेकेन्डमा जर्सी नम्बर ३० का खेलाडी नुसाहारा उप्रेतीले जवाफी एक गोल गरे । ‘म्यान अफ द म्याच’ रेसिङ साहारा क्लबका जर्सी नम्बर १५ का पेपे घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेको आयोजक कोहलपुर रेसिङ साहारा क्लबका संयोजक कर्ण बस्नेतले बताए । म्यान अफ दी म्याच पेपेलाई सामाजिक डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषि शर्मा,गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष र स्पोटिङ ११ नेपालगन्जका अध्यक्ष धनश्याम रानाले संयुक्त रुपमा ट्रफी,मेडल र नगद् हस्तान्तरण गरेका थिए ।
उद्घाटनमा नगरप्रमुख नगरप्रमुख आचार्यले चारवर्षदेखि सञ्चालन हुँदै आएको कोहलपुर गोल्डकप कोहलपुरको पहिचान बनेको बताए । उनका अनुसार गोल्डकपले खेलकुदका माध्यमबाट कोहलपुरलाई विश्वभर चिनाउन भूमिका खेलेको हो ।कोहलपुर नगरपालिकाका उप–प्रमुख संगीता सुवेदीले कोहलपुरमा ग्रासरुट फुटबल,वडा गोल्डकपदेखि नगरस्तरीय हुँदै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताइन् । कोहलपुरमा सञ्चालन हुने गोल्डकपलाई सबैले अपनत्व लिनु मुख्य उपलब्धिका रूपमा रहेको उनले बताइन् । चौँथो कोहलपुर गोल्डकप–२०८३ को उद्घाटनमा स्वागत मन्तव्य राख्दै संयोजक कर्ण बस्नेतले कोहलपुर गोल्डकपलाई सफल बनाउन स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेको बताए । उनका अनुसार चौँथो संस्करणसम्म आइपुग्दा नगर तथा जिल्लास्थित सरोकारवाला,निजी क्षेत्र,व्यवसायी तथा अन्य पक्षकोसमेत विशेष भुमिका छ ।
आयोजक रेसिङ साहाराको विजयी सुरुवात (वक्स)
शनिबारदेखि बाँकेको कोहलपुरमा सुरु भएको चौँथो कोहलपुर गोल्डकप–२०८३ को पहिलो खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी भएको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले २–१ गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो । प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पहिलो हाफमा दुई गोल गरेको थियो । क्लबका लागि पहिलो गोल जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले पहिलो गोल गरे । पेपेले पहिलो हाफको २३ मिनेट ४३ सेकेन्डमा अद्धुल टि रुरोकीको कर्नर किकको सहायताबाट उत्कृष्ट हेडर गोल गरेका थिए । यस्तै क्लबका लागि ४३ मिनेट १० सेकेन्डमा जर्सी नम्बर ११ का फागुराम चौधरीले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा केही अवसरहरु पाएपनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सफल भएन ।

त्यस्तै दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो । फलस्वरुप पञ्चकोशीले खेलको ८७ मिनेट ५२ सेकेन्डमा जर्सी नम्बर ३० का खेलाडी नुसाहारा उप्रेतीले जवाफी एक गोल गरे । ‘म्यान अफ द म्याच’ रेसिङ साहारा क्लबका जर्सी नम्बर १५ का पेपे घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेको आयोजक कोहलपुर रेसिङ साहारा क्लबका संयोजक कर्ण बस्नेतले बताए । म्यान अफ दी म्याच पेपेलाई सामाजिक डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषि शर्मा,गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष र स्पोटिङ ११ नेपालगन्जका अध्यक्ष धनश्याम रानाले संयुक्त रुपमा ट्रफी,मेडल र नगद् हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी रहेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार (आज) जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगर पुरस्कार प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय