ट्रेण्डिङ
शनिबार, 28 नोभेम्बर 2026

बाँके ः चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जितेको छ । कोहलपुर २ स्थित कोहलपुर रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ साहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । फाइनल खेल सुरु ५ मिनेटमै कोहलपुर रेसिङ साहारा क्लबका १८ नम्बर जर्सीका खेलाडी चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा पुग्यो । पेनाल्टीमासमेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप के.सी. र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए । विजेता कोहलपुर रेसिङ साहारा क्लबले ट्रफी,मेडल,प्रमाणपत्रसहित आठ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता नेपाल पुलिस क्लबले मेडल,प्रमाणपत्रसहित चार लाख रूपैयाँ प्राप्त गरेको हो । विधागत विधातर्फ कोहलपुर रेसिङ साहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका प्रशिक्षक नजक केसी उत्कृष्ट प्रशिक्षक बन्दै मेडल प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरी वेष्ट डिफेन्डर र कोहलपुर रेसिङसाहारा क्लब लक्ष्मण राना मगर राईजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद् १०÷१० हजार रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लब शत्रुधन चौधरी बेष्ट गोलकिपर, नेपाल पुलिस क्लबका राम वाजी वेष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारु वेष्ट फरवार्ड÷उच्च गोलकर्ता बन्दै समान १०÷१० हजार रुपैयाँ प्राप्त गरेका हुन् । चौथो कोहलपुर गोल्डकप–२०८३मा आठ टिम सहभागी थिए । चौथो कोहलपुर गोल्डकप–२०८३ वैशाख १९ गतेदेखि सुरु भएको थियो ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय