ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ — सुपरस्टार शाहरूख खान भारतकै सबैभन्दा धनी अभिनेतामा कायम रहेका छन् । ‘हुरुन् इन्डिया धनी सूची २०२६’ अनुसार उनी लगातार दोस्रो वर्ष मनोरञ्जन क्षेत्रतर्फ सबैभन्दा धनी भारतीय अभिनेताका रूपमा शीर्ष स्थानमा पर्न सफल भएका हुन् ।

सार्वजनिक विवरणअनुसार शाहरूखको कुल सम्पत्ति हाल १० हजार करोड भारतीय रुपैयाँ पुगेको छ । यसमा उनको अभिनयबाट प्राप्त कमाईका साथै निजी कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट र कोलकता नाइट राइडर्स क्लबको साझेदारी तथा लगानीबाट प्राप्त आम्दानी हिस्सा सामेल रहेको बताइएको छ ।

धनी सूचीमा शीर्ष स्थान कायम नै राखे पनि शाहरूखको सम्पत्तिमा गत वर्षको तुलनामा भने आम्दानीमा उल्लेख्य गिरावट आएको छ । ‘हुरुन् इन्डिया धनी सूची २०२५’ मा उनको सम्पत्ति १२ हजार ४ सय ९० करोड रुपैयाँ उल्लेख थियो । जबकी यस वर्ष उनको सम्पत्ति २ हजार ४ सय ९० करोडले घटेर १० हजार करोड भारु पुगेको छ ।

त्यसो त, धनी अभिनेताको सूचीमा दोस्रो स्थानमा रहेका अमिताभ बच्चनको सम्पत्तिमा  भने गतवर्ष भन्दा उछाल आएको छ । ‘कौन बनेगा करोडपति’ कार्यक्रमका संचालकसमेत रहेका अमिताभ ४ हजार करोड भारुसहित दोस्रो स्थानमा आएका हुन् । गत वर्ष उनको सम्पत्ति १ हजार ६ सय ३० करोड मात्र रहेको उल्लेख थियो ।

एक वर्षमा अमिताभले आफ्नो सम्पत्तिमा करिब २ हजार ३ सय ७० करोड भारु थप गर्न सफल भएका हुन् । कुनै प्रत्यक्ष व्यवसाय सञ्चालन नगरे पनि अमिताभले आफ्नो ‘पारिवारिक व्यवसाय’ मार्फत विभिन्न कम्पनी तथा घरजग्गा (रियल स्टेट) क्षेत्रमा गरेको रणनीतिक लगानीका कारण सम्पत्तिमा यो उछाल आएको हो ।

यसैगरी, बलिउडका अर्का अभिनेता सलमान खान पहिलोपटक धनी कलाकारको सूचीमा प्रवेश गरेका छन् । ३ हजार करोड भारु कुल सम्पत्तिका साथ उनी तेस्रो स्थानमा आएका छन् । चौथो स्थानमा रहेका ऋतिक रोशनको सम्पत्ति गत वर्षको २ हजार १ सय ६० करोडबाट बढेर यस वर्ष २ हजार ५ सय करोड भारु पुगेको छ । ऋतिकको यो वृद्धिको मुख्य श्रेय उनको लाइफस्टाइल तथा फिटनेस ब्रान्ड ‘एचआरएक्स’ को व्यावसायिक सफलतालाई दिइएको छ ।

गत वर्षको सूचीमा क्रमशः ७ हजार ७ सय ९० करोड र १ हजार ८ सय ८० करोड भारु सम्पत्तिका साथ स्थान बनाएका अभिनेत्री जुही चावला र निर्देशक तथा निर्माता करण जोहर यसपटक भने सूचीमा अटाउन सकेनन् ।

सन् २०२३ मा ‘पठान’, ‘जवान’ र ‘डंकी’ गरी लगातार तीन वटा ब्लकबस्टर फिल्म दिएका शाहरूख खानको त्यसयता कुनै नयाँ फिल्म हलमा आएको छैन । यतिबेला उनी सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘किङ’ मार्फत पुनः बक्स अफिसमा सफलता दोहोर्‍याउने तयारीमा छन् । उनकी छोरी सुहाना खानको समेत मुख्य भूमिका रहने यस फिल्म आगामी डिसेम्बर २४ मा प्रदर्शनमा आउने बताइएको छ । 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय