निरन्तर नेपाल
नयाँ प्रणालीमा देखिएका विभिन्न प्राविधिक त्रुटिका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाहरू प्रभावित भएका छन्। नयाँ लाइसेन्सको आवेदन, नवीकरण, वर्ग थप, प्रतिलिपि लिनेदेखि ट्रायल परीक्षासम्मका काम कतै पूर्ण रूपमा ठप्प भएका छन् भने कतिपय स्थानमा आंशिक रूपमा मात्रै सञ्चालन भइरहेका छन्।यातायात व्यवस्था कार्यालयहरूले सञ्चालनमा ल्याएको नयाँ प्रणालीमा समस्या देखिएपछि सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो गरेका छन्। विशेषगरी आवेदन दर्ता, विवरण अद्यावधिक र परीक्षा व्यवस्थापनमा समस्या देखिएको बताइएको छ।प्राविधिक समस्या समाधानका लागि सम्बन्धित निकायले काम गरिरहेको जनाएको छ। तर प्रणाली पूर्ण रूपमा सहज हुन नसक्दा सेवाग्राहीले अनावश्यक झन्झट र ढिलाइ व्यहोर्नुपरेको छ।
नयाँ प्रणालीबाट सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने उद्देश्य राखिए पनि सुरुवाती चरणमै देखिएका समस्याले सेवाग्राही प्रभावित भएका छन्। समस्या समाधान नभएसम्म लाइसेन्ससम्बन्धी सेवा नियमित हुन समय लाग्ने देखिएको छ।