क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबिच त्रिपक्षीय सम्झौता भएको छ। 

यस सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगाना (घरमै) प्राप्त गर्न सक्ने भएका छन्।पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल (फेसबुक) मार्फत यसको जानकारी दिएका हुन्।

मन्त्री लम्सालका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबिच उक्त महत्त्वपूर्ण त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।सम्झौताअनुसार अब यातायात व्यवस्था विभागद्वारा सञ्चालित ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS)’ मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। उक्त डाटा प्राप्त भएपछि केन्द्रले सोझै लाइसेन्स छपाइको काम गर्नेछ। यसले विगतमा हुने प्राविधिक झन्झट र डाटा आदानप्रदानमा लाग्ने समयको बचत गर्नेछ।

सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्सहरूलाई हुलाक सेवा विभागमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ। मन्त्री लम्सालका अनुसार  EDLVRS प्रणालीबाट जारी भएका ती लाइसेन्सहरू सम्बन्धित प्रदेश कार्यालयमा पठाएर त्यहीँबाट वितरण गरिनेछ। यसका साथै, सेवाग्राहीले चाहेको खण्डमा उनीहरूले इच्छाएको ठेगानामा (घरमै) लाइसेन्स पुर्‍याउने व्यवस्थासमेत यसै सम्झौतामार्फत सुनिश्चित गरिएको छ

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय