क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा रु ७४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजात नष्ट भएपछि हाल विद्युतरोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन भइरहेको छ।

भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम तथा पूर्जा बिक्री र अन्य शीर्षकबाट गरी कुल रु ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख सन्तोष विकले बताए। उनका अनुसार गत आवमा सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट रु ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङ्कलन भएको छ।त्यस्तै, रजिष्ट्रेसन दस्तुरबाट रु ३६ करोड ९० लाख ५९ हजार १६४ राजस्व सङ्कलन भएको छ। सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुरबापत रु ५४ लाख २३ हजार ९१४ सङ्कलन भएको जानकारी दिँदै कार्यालय प्रमुख विकले फारम र पूर्जा बिक्रीबाट रु १७ हजार ६००, न्यायिक दस्तुर, दण्ड तथा जरिवानाबाट रु १५ हजार ९०० एवं धरौटी सदर र स्याहार राजस्व शीर्षकबाट रु १२ हजार ९जे३ सङ्कलन भएको उल्लेख गरे।

कार्यालयले गत आवमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ। जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज र संशोधनलगायतका कामसँगै यस कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी एवं व्यवस्थित बनाउँदै सेवा प्रवाह र राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको विकले जानकारी दिए।

भूमि प्रशासन कार्यालयले प्रदर्शनका क्रममा आगजनीबाट नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपूर्जाको स्रेस्तासमेत पुनः कायम गरेको छ। विभागको अनलाइन प्रणालीमा समस्या आएबाहेक अन्य समयमा सेवाग्राहीको काममा ढिलासुस्ती नहुने गरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी कार्यालय प्रमुख विकले गरे।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय