काठमाडौं : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्। उनी हिजो राति न्युयोर्क पुगेका हुन्।
शाहलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले स्वागत गरे
महासभाको उच्चस्तरीय छलफलअन्तर्गत प्रधानमन्त्री शाहले आज सम्बोधन गर्ने कार्यक्रम छ । उनको सम्बोधन नेपाली समयअनुसार भने भोलि बिहान करिब ४ देखि ५ बजेको बीचमा हुने जनाइएको छ। महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनका कारण नेपालले व्यहोरेको क्षति, प्रभावित मुलुकका अधिकार तथा जलवायु न्यायका विषय उठाउनेछन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।