क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले दाइजो प्रथाले मधेस र सिंगो नेपाली समाजमा पारिरहेको भयावह असरबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा सांसद कर्णले भनिन्, ‘म मधेसको छोरी भएर भन्न चाहन्छु, दाइजो प्रथाका कारण समाजमा सिर्जित समस्या अत्यन्तै पीडादायी छ। यो प्रथा मधेसमा मात्र नभई सिंगो मुलुकका लागि एउटा अभिशाप बनेको छ।’

सांसद कर्णले दाइजो लिनु र दिनु दुवै कानुनी रूपमा अपराध भए पनि यो केवल किताबका पानामा मात्र सीमित भएको गुनासो गरिन् । विशेष गरी छोरीहरू जन्मघर त्यागेर जाँदा बोक्नुपर्ने दाइजोको आर्थिक भारले आमाबुबालाई पारेको मानसिक पीडा र वैवाहिक कार्यक्रमका नाममा भइरहेको विकृतिलाई उनले मार्मिक ढङ्गले प्रस्तुत गरिन्।

‘दाइजोकै कारण छोरी चेलीहरूले शारीरिक र मानसिक यातना भोग्नुपरिरहेको छ। विवाहपछि छोरी–चेलीहरू सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता हरेक आमाबुबालाई छ,’ उनले भनिन्।

सदनमा उनले जनकपुरको एक जघन्य अपराधको घटनालाई पनि जोडिन्, जहाँ यौनजन्य क्रियाकलापका लागि बालिकाहरूलाई प्रयोग गरिएको थियो।  ‘यस्तो जघन्य अपराध हुनु सुरक्षा निकायको कमजोरी हो,’ उनले भनिन्।

यसका साथै, सांसद कर्णले पछिल्लो समय मधेसका बालबालिकामा लागुऔषधको दुर्व्यसन बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरिन्। १०–११ वर्षका बालबालिका समेत लागुऔषधको दुष्चक्रमा फसेको भन्दै उनले भनिन्, ‘साना बालबालिका विद्यालय जानुको साटो कुलतमा फसेको देख्दा मन रुन्छ । यसले समाजमा नकारात्मक तथा हिंसात्मक गतिविधि बढाएको छ।’

सांसद कर्णले दाइजो प्रथाको अन्त्य र लागुऔषधको नियन्त्रणका लागि तत्काल कठोर कानुन ल्याउन र सम्बन्धित सबै निकायलाई गृहमन्त्रालयमार्फत निर्देशन दिन सरकारसँग माग गरेकी छन् । उनले भनिन्– ‘दाइजो प्रथा र लागुऔषधजस्ता अपराधविरुद्ध सरकारले कठोर कदम नचाल्ने हो भने भविष्यका कर्णधारहरू नै नष्ट हुनेछन्।’

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आशंका, ५२ बैंक खाता प्रयोग गर्ने एक महिला पक्राउ

काठमाडाैँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।...

भारी वर्षाको जोखिमपछि दाङका पाँच सडकखण्डमा राति सवारी बन्द

दाङ, ८ असोज । भारी देखि अति भारी वर्षाको सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय...

राष्ट्रपतिबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय राजनीतिमा फर्किइन् विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएको चार वर्ष नपुग्दै सक्रिय पार्टी राजनीतिमा...
लोकप्रिय